शनिबार , असोज १०, २०७७

भारतमा बर्षे अधिवेशन शुरु, १७ सांसद कोरोना संक्रमित

भारतमा बर्षे अधिवेशन शुरु, १७ सांसद कोरोना संक्रमित

२९ भदौ, एजेन्सी । भारतका १७ जना सांसद कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो ।

सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् । भारतको संघीय संसदको बर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो ।

बैठकमा सहभागी हुँदा कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ । स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ ।

त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको सङ्क्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो ।

लोकसभाका सांसदहरुले प्रयोग गर्नेगरी एटेन्डेन्स रजिष्टर ‘उपस्थिति दर्ता’ नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो ।

सांसदहरु संसद भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एप मार्फत् उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ । सभामुख ओम बिर्लाले सवै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विषेश परिस्थितिलाई ख्याल गर्न सवैलाई आह्वान गरेका थिए ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उनले सवैलाई अपिल गरेका थिए ।“यो अधिवेशन विषेश परिस्थितिका साथ शुरु गरिएको छ, सुरक्षा सावधानी हामी सवैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ,” सभामुख बिर्लाले भने । बैठक भोली बुधबार ३ बजे दिउसो बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले