राजविराज अस्पतालका चिकित्सक र बिरामी संक्रमित
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार २:४५:४
२९ भदौ, सप्तरी । कोभिड–१९ अस्पताल सञ्चालन गरिरहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक र डायलासिसका बिरामीमा आज कोरोना सङ्क्रमण देखिएको छ ।
अस्पतालको प्रयोगशालमा आज गरिएको परीक्षणअनुसार कार्यरत २८ वर्षीय चिकित्सक र डायलासिस सेवा लिइरहेका छ पुरुष बिरामीमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए।
डायालासिस सेवा लिइरहेका महादेवा गाउँपालिका–४ का २७ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ८५ वर्षीय, वडा नम्बर–३ का ५८ वर्षीय, खडक नगरपालिका–३ का ३५ वर्षीय र बिष्णुपुर गाउँपालिका–६ का उमेर नखुलेका पुरुष तथा सिरहाको गोलबजार नगरपालिका–१२ का ६५ वर्षीय पुरुष बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । डायलासिस सेवा लिइरहेका राजविराज नगरपालिका–४ का एक बिरामी र राजविराज–६ का एक नर्समा १० दिनअघि सङ्क्रमण देखिएको थियो ।
अस्पतालका चिकित्सक र बिरामीसँगै अस्पतालमा कार्यरत ४० वर्षीय शल्यक्रिया सहायक र अस्पताल प्रहरी बिटमा कार्यरत २५ वर्षीय प्रहरीमा समेत सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ का ५० वर्षीय क्यान्सर पीडित, उहाँकी ४५ वर्षीया श्रीमती र २५ वर्षीया छोरीमा समेत सङ्क्रमण देखिएको छ । भैरहवामा कार्यरत डाक्टर तिलाठी कोइलाडी गाउँपालिका– ४ का २८ वर्षीय पुरुष, राजविराजस्थित कर कार्यालयका ३१ वर्षीय कर्मचारीमा पनि सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
राजविराज–६ का १७ वर्षीया महिला र वडा नम्बर–७ का ३२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । आज जिल्लामा थप भएका १५ जनासहित सङ्क्रमित हुनेको सङ्ख्या १७४ महिलासहित एक हजार ३३ पुगेको छ ।
सङ्क्रमितमध्ये ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । सोमा १०५ महिला छन् । सप्तरीमा हालसम्म एक महिलासहित आठको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार