ढोलाहिटी–सुनाकोठी सडक कात्तिकसम्ममा कालोपत्र गरिने
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार २:५०:५
२९ भदौ, काठमाडौं । बिस्तारको क्रममा रहेको ढोलाहिटि–सुनाकोठी सडक आगामी कात्तिकसम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाईको यो सडकमा अहिले काम भइरहेको काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।
सो खण्डको निर्माणको जिम्मेवारी पाएको शैलुङ निर्माण कम्पनीले काम गरिरहेकाले कात्तिकसम्म सकिने देखिएको आयोजना प्रमुख गुरु अधिकारीले बताए । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए ।
आयोजनाले चाहेर पनि पहिले तोकिएको मापदण्ड २० मिटर चौडाईमा निर्माण गर्न खोज्दा ढिलाई भएको उनले बताए । मन्त्रीपरिषद्को बैठकले यो लगायत उपत्यकामा बिस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, “कुनै पनि संरचना नभत्काई भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।”
ढोलाहिटी–लेले सडक बिस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायतका चौडाई उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै बिस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो ।
उपत्यकामा बिस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायतका संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाई उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णय पछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार