बुधबार , असोज १४, २०७७

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, नेयमार तेस्रो

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, नेयमार तेस्रो

२९ भदौ, एजेन्सी । प्रतिष्पर्धी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने नम्बर एक फूटबलर बनेका छन् । सन् २०२० मा मेस्सीले सर्वाधिक १ सय २६ मिलियन कमाई गरेका छन् ।

दोस्रो स्थानमा रहेका रोनाल्डोले १ सय १७ मिलियन कमाई गरेका छन् । अर्बपतिहरुको कमाई सार्वजनिक गर्ने फोब्र्स म्यागजिनका अनुसार मेस्सी र रोनाल्डोपछि नेयमार सबैभन्दा धेरै कमाई गर्ने तेस्रो फुटबलर बनेका छन् ।

मेस्सी फेरि एकपटक बार्सिलोनाबाटै धेरै कमाई गर्ने फुटबलर बन्दा रोनाल्डो युभेन्ट्समा छन् । गएको बर्ष रोनाल्डो धेरै कमाई गर्ने फुटबलरको शीर्ष स्थानमा थिए । पीएसजीका नेयमारले तेस्रो स्थान कब्जा गर्दा उनकै टिममेट केलियन एमबाप्पे पहिलोपटक चौथो सर्वाधिक कमाई गर्ने फूटबलर बनेका छन् । एमबाप्पेले यस बर्ष ४२ मिलियन अमेरिकी डलर कमाएका छन् ।

प्रिमियर लिग च्याम्पियन लिभरपुलका मोहम्मद सलाह ३७ अमेरिकी डलर सहित पाँचौं स्थानमा छन् । ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड जिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् । संसारमा स्ट्राइकरहरु नै धेरै कमाई गर्ने भएपनि डि जिया पहिलोपटक धेरै कमाई गर्ने पहिलो गोलकिपर हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले