मंगलबार , असोज १३, २०७७

वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न उच्च अदालतको आदेश

वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न उच्च अदालतको आदेश

२९ भदौ, कास्की । उच्च अदालत पोखराले खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न आदेश जारी गरेको छ ।अधिवक्तासमेत रहेका मीनाकुमारी रानाभाटले संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न÷नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग सहित रीट दायर गरेकोमा उच्च अदालतका न्यायाधीशद्धय प्रमोदकुमार श्रेष्ठ बैद्य र विनोदमोहन आचार्यको संयुक्त इजलासले आज संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले यथोचित प्रभावकारी व्यवस्थापनको कार्य गर्न विपक्षी खानेपानी संस्थानका नाममा आदेश गरेको हो । त्यसैगरी संस्थानले वितरण गरेको पानी पिउन योग्य छ वा छैन तथा हालै गरिएको प्रयोगशाला परीक्षण सहितको प्रतिवेदन पेशीका दिनमा पेश गर्न भनिएको छ ।

संस्थानले उल्लेखित कार्य गरे, नगरेको र खानेपानीको मुहानको अवस्था के कस्तो छ सोको अनुगमन गरी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गर्न र सोको प्रतिवेदन पेशीका दिन पेश गर्न समेत आदेशमा भनिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले