कोल्टीमा इलाका प्रशासन राख्न सरकारसँग माग
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १३:२६:४३
३० भदौ, मार्तडी । यहाँस्थित उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले उत्तरपूर्वी भेगमा इलाका प्रशासन कार्यालय राख्न सरकारसँग माग गर्ने निर्णय भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ का नागरिकले सरकारी सेवा लिन लामो दूरीको यात्रा गर्दै जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि सरकारसँग इलाका प्रशासन कार्यलयल माग गर्ने सहमति भएको हो ।
तीन वटै तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा अहिलेसम्म इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नागरिकले जिल्ला धाउनुपर्ने बाध्यताका कारण चार स्थानीय तहले इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृह मन्त्रालयलाई पत्र पठाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए।
जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा सुविधा लिन इलाका प्रशासन कार्यालय स्थापनापछि तीन गाउँपालिका र एक नगरपालिकाका नागरिकलाई सहज हुने भएकाले सोमबार बसेको सर्वपक्षीय बैठकले सहमतिसहित पत्र पठाएको अध्यक्ष शाहीले बताए ।
सर्वपक्षीय भेलामा प्रदेश निर्वाचन क्षेत्र ‘क’ का प्रदेशसभा सदस्य बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख पदमकुमार गिरी, हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, जगन्नाथ गाउँपालिकाका अध्यक्ष शाही र स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही तथा नगर उपप्रमुख गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष नागरिक समाजका अगुवालगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार