विद्युतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १४:२२:१२
३० भदौ, पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।
बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।
अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए ।
शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार