शुक्रबार , असोज ९, २०७७

अब लक्षण नदेखिएकाको कोरोना परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

अब लक्षण नदेखिएकाको कोरोना परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

३० भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण सामान्य हुन थालेको भन्दै सरकारले अब लक्षण नदेखिएकाको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको ‘इन्सिडेन्ट कमान्ड सेन्टर’को बैठकले लक्षण नदेखिएकाहरुको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको हो ।

बैठकले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्यकर्मीकै परीक्षण नगर्ने भएपछि सर्वसाधारणको परीक्षण गर्ने सम्भावना झन कम भएको छ ।

‘कोभिड १९को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै आरटी पिसीआर परिक्षण गर्ने, कोभिड १९ को परीक्षण सम्बन्धमा गरिएको निर्णय पत्रमा उल्लेख छ, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु खासगरी उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसफाई कर्मचारीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पिसीआर परीक्षण गर्न’ मन्त्रलयले निकालेको सुचनामा उल्लेख छ ।

मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा पनि लक्षण देखिएकाहरुको मात्रै पिसीआर परीक्षण गर्ने लक्षण नदेखिएकाको नगर्ने निर्णय गरेको छ। यस निर्णयले सरकार महामारी नियन्त्रण गर्नुको साटो जिम्मेवारीबाटै पन्छिने गरेको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १२ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले