जङ्गली जनावरले बाली नष्ट गर्दै, किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १५:३५:११
३० भदौ, डोटी । पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् । जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् ।
पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि यहाँका किसानलाई समस्या भएको छ । खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताए । उनले भने, “बर्सातको समयमा दुःख गरेर जोगाएको बालीनाली भित्र्याउने समयमा जङ्गली जनावरले सखाप गर्न थालेको छ, जनावर धपाउन खेतमै टहरा बनाएर हामी रातभर जाग्राम बस्न थालेका छौँ ।”
त्यसैगरी जिल्लाकै शिखर नगरपालिका–३ आलीअतुरालीको मटेला खेतमा जङ्गली जनावरले धान र कोदोबाली आधा भाग नष्ट गरेको किसान खगेन्द्रबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार सो वडाका अधिकांश किसानले लगाएको धानबाली दिउँसो बाँदर र राति बँदेललगायत अन्य जनावरको बथानले नष्ट गरेपछि किसानका खेत करिब–करिब बाँझो अवस्थामा पुगेका छन् ।
जिल्लाका किसान अहिले आफ्नो अन्नबाली जोगाउन राति समूह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर समूहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर जनावर धपाउन थालेको केआइसिंह गाउँपालिका–५ की स्थानीयवासी चेतराज भट्टले बताए । उनले भने, “दिनमा बाँदरको आतङ्क तथा राति अन्य जनावरको आतङ्कले हामीले राम्रोसँग सुत्नसमेत पाएका छैनौँ, हल्ला गरे पनि भाग्दैनन्, समस्या भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार