सोमबार , असोज १२, २०७७

रमप्रपा अध्यक्ष थापालाई सिद्धान्तमा सम्झौता नगर्न केन्द्रीय सदस्यको सुझाव

रमप्रपा अध्यक्ष थापालाई सिद्धान्तमा सम्झौता नगर्न केन्द्रीय सदस्यको सुझाव

३० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडाैं उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरक्रियाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए ।

भौतिक दुरि कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए । बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडी बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरुले राजनीतिमा प्राविधिक पक्ष भन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सवैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।

राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।

मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजिमा जनता रहेकोले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो ।

बैठकमा पार्टीका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्र बहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस अघि जिल्लामा रहेका नेताहरुलाई भर्चुअल बैठक गरेका थापाले छलफल अन्तरक्रियालाई आगामी दिनमा पनि जारी राख्नु हुने बर्तौलाले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ११ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? ९ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि ६ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! ६ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … ५ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने ५ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु ६ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात ६ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले