नेकपामा गुटबन्दी नगर्ने ओली-प्रचण्ड सहमति
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १९:१४:५९
३० भदौ, काठमाडौं । सत्तारुढ नेकपामा अब गुटबन्दी गर्न नपाइने भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अब गुटबन्दी नगर्ने सहमति भएको हो ।
पार्टीमा आन्तरिक विवाद बढ्नुमा गुटबन्दी मुख्य कारक रहेको भन्दै अध्यक्षद्धयले गुटबन्दी नगर्ने लिखित सम्झौतासहितको निर्देशन जारी गरेका छन् । स्थायी कमिटी बैठकका निर्णयलाई दस्तावेजमा रुपमा अन्तर पार्टी निर्देशनका नाममा जारी गर्दै अध्यक्षद्धयले अब गुटबन्दी नगर्ने सहमति गरेका हुन् ।
पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गरिनेछ’ अध्यक्षद्धयले जारी गरेको निर्देशनमा उल्लेख छ ।
साथै दुई अध्यक्षबीच सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप प्रत्यारोप बन्द गर्ने, आफ्नो असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा भनिएको छ । साथै नेकपाले जथाभावी टिप्पणी गर्ने, अपशब्द प्रयोग गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने उल्लेख छ । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७३ जनामात्रै महिला रहेका छन्। त्यस्तै ४५ सदस्यीय स्थायी कमिटीमा २ जना महिला छन् भने ९ सदस्यीय सचिवालय महिलाविहीन छ।
नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
सहकारी ठगीबारे छानबिन भएर नसकिएसम्म रविले गृहमन्त्रीको पद छोड्नुपर्छः कांग्रेस
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार