मंगलबार , असोज १३, २०७७

कांग्रेसले गर्याे पहिरोमा श्रीमानसहित सन्तान गुमाएकी पान्कालाई सहयोग

कांग्रेसले गर्याे पहिरोमा श्रीमानसहित सन्तान गुमाएकी पान्कालाई सहयोग

३० भदौ, कालिकोट । नेपाली कांग्रेस कालीकोटले जिल्लामा लगातार बर्षापछि आएको पहिरोमा परी पुरै सन्तान गुमाएकी शुभकालिका गाँउपालिका वडा नं, ७ निवासी पहिरो पीडित पान्का शाहीलाई सहयोग गरेको छ ।

 कांग्रेस कालीकोटले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारहरुलाई सहयोग गर्ने अभियानकै क्रममा मंगलबार शाहीलाई नगद दश हजार सहयोग गरेको हो । यही भदौ १४ गते बिहान जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्मा बजारमा पहिरोमा परी शाहीका श्रीमानसहित दुई छोरा र एक छोरीको मृत्यू भएको थियो ।

उनको परिवार व्यापार व्यवसायको शिलशिलामा नाग्मा बजार बस्दै आएको थियो । उनलाई मंगलबार, गत निर्बाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा महासमिति सदस्य भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालीकोटका पाटी सभापति हर्षबहादुर बम, महासमिति सदस्य मोतीराज बम, कांग्रेस नेताहरु शंकरप्रसाद उपाध्याय, दमन शाही, मीनबहादुर कोगटी, नगेन्द्र बिष्ट, तारा शाह, भानुभक्त संज्याल, मनराज शाही लगायतका नेताहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेताहरुले जनताको सुखदुखमा साथ दिन नेपाली कांग्रेसले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारलाई सहयोग गर्ने अभियान थालेको बताए । कांग्रेस युवा नेता शाही र केही बिदेशमा रहेका युवाहरुको सहयोगमा हालसम्म जिल्लाका ३२ जना मृतकका परिवारजनहरुलाई सहयोग गरिएको छ ।

कोरोनाको कहरमा नागरिकहरुलाई बाढी र पहिरोले ठुलो क्षति बनाएको भन्दै कांग्रेसले गाँउगाँउमा नागरिकको सुखदुखमा साथ दिन नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरेको छ । बिपतमा नागरिकलाई साथ दिने र पाटीको संगठन बिस्तार अभियान पनि जारी राख्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ६ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १७ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २२ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २० घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १५ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! १९ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १८ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १८ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले