बुधबार , असोज १४, २०७७

के बजार प्रतिरोध क्षेत्रमा छ ?

के बजार प्रतिरोध क्षेत्रमा छ ?

भाद्र ३०, काठमाडाैं । आज पनि प्रतिरोध क्षेत्र भन्दा माथि बजार बन्द हुन असफल भएको छ । नेप्से परिसूचक ४ दशमलव ४७ अंकले घट्दै १५३६ दशमलव ०३ को विन्दुमा बन्द भएको छ । आज १९३ कम्पनीको शेयर कारोवार हुँदा जम्मा २ अर्ब ११ करोडको कारोवार भएको छ ।

तीन दिनको मैनबत्तीहरुले “इभिनिङ्ग स्टार” मैनबत्तीको चित्र बनाएको छ । यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ । आजको परिमाणले बजारमा विक्रेता हावी रहेको जानकारी गरेको छ । बजारले १५५० को क्षेत्र वरीपरी प्रतिरोध बनाएको देखिन्छ ।  बजारले निकै पटक यो क्षेत्र भन्दा माथि जान खोजे पनि सफल  हुन सकेको छैन ।  

 

 

आज बजार १५४४ दशमलव ७२ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु १ बजेर २६ मिनेटमा १५३१ दशमलव ०५ रहेको थियो । बजारले ११ बजेर ०९ मिनेटमा १५४८ को उच्च विन्दु समातेको थियो ।

आजको ईण्ट्राडे ग्राफ :

दैनिक नेप्सेको ग्राफ :

 

प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५६० । प्रतिरोध १ः १५४० । टेवा १ः १५३०टेवा २ः १५००

✍ आज शेयर बजार घट्दो प्रवृत्तिमा रहेको छ। तीन दिनको मैनबत्तीहरुले “इभिनिङ्ग स्टार” मैनबत्तीको चित्र बनाएको छ। यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ । आजको परिमाणले बजारमा विक्रेता हावी रहेको जानकारी गरेको छ।

✍ दैनिकी अवधिमा “आरएसआई” ६९ दशमलब ६५ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको जानकारी गरेको छ।

✍ “एडीएक्स” ले हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज विक्रेताको चाप रहेको जानकारी गराएको छ।

“अन ब्यालेन्स भल्यूम” ले आज बजारमा विक्रेताको चाप रहेको जनाकारी गराएको छ।

यदि बजार १५४० भन्दा माथि स्थिर रहेमा बजार पुन सकारात्मक हुनसक्ने संकेत गर्नुका साथै बजारले १५६०को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्न सक्ने देखिन्छ। तर यदि बजार १५३० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १५०० को क्षेत्रमा रहेको देखिन्छ।

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन।  )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले