शनिबार , असोज १०, २०७७

समयको गतिसँगै नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिन उपप्रमको आग्रह

समयको गतिसँगै नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई  निरन्तरता दिन उपप्रमको आग्रह

३० भदौ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिएका छन ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका पाकिस्तानका राजदूत डा मझर जावेदसँग आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध सरकार र सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरे ।

उनले पाकिस्तानले चिकित्साशास्त्र अध्ययन, सैनिक तालीम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । रक्षामन्त्री पोखरेलले पाकिस्तानका उद्यमी एवं व्यवसायीलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत्लगायत क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे ।

सो अवसरमा राजदूत जावेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको जनाउँदै आफ्नो नेपाल बसाइका अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार, पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा सहयोग प्रबद्र्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए । दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उनले तालीम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गरे ।

उनले चिकित्साशास्त्र अध्ययन, तालीम, प्रशिक्षणलगायत विषयमा नेपालले आवश्यक ठानेका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउन पाकिस्तान सरकार सकारात्मक रहेको विचार व्यक्त गरेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १७ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले