अब पुरानै लयमा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ बुधबार १:५८:५१
३० भदौ, काठमाडौं । कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक प्रस्थान हल र आगमन हल निर्माणको काम सकिएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज ती चार आयोजनाको उद्घाटन गरे । मन्त्री भट्टराईले महामारीबीच आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए । “सङ्क्रमणको जोखिम मोलेर आत्मवल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ”, पर्यटनमन्त्रीले भने ।
हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए। पर्यटनमन्त्री भट्टराईले भने,“अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिनेछ ।”
उनले महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए । पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नाका साथै जहाज आकाशमा ‘होल्ड’ हुने अवस्थामा कमी आउने बताए।
समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ सानाठूला २४ जहाज अटाउने पार्किङ्ग स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तारलगायत कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए । चारमध्ये धावनमार्ग विस्तार, पार्किङ्ग वे र प्रस्थान हल विमानस्थल अन्तर्गतको हो भने यात्रु आगमन हल निजी क्षेत्रको साझेदारीमा निर्माण गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।
विमानस्थलको धावनमार्गको दक्षिणतर्फ ‘कोटेश्वर क्षेत्र’ रनवे जिरो–टू तर्फ ३०० मिटर धावनमार्ग विस्तारको काम भएको हो । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । यो आयोजनाका लागि एशियाली विकास बैंकको सहयोगमा मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको जनाइएको छ ।
महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीबीच अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । वाइड बडी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल हल आर्कषक अत्याधुनिक सुविधा सम्पन्न बनाइएको छ । यसले विमानस्थलको स्वरुप बद्लिएको छ ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बन्दाबन्दीमा निर्माण भएका नयाँ संरचनाले विमानस्थलको क्षमता विस्तारका साथै सेवा स्तरीकरणमा टेवा पुगेको भन्दै क्षमता विस्तार अन्तर्गतका बाँकी काम पनि छिट्टै सञ्चालन हुने जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकासाथै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीब्र गतिमा रहेको बताउनुभयो । आन्तरिकतर्फ ठूला विमानस्थलको क्षमता विस्तार र सेवा सुदृढिकरणको काम चलिरहेको उनले उल्लेख गरे ।
प्राधिकिरणका महानिर्देशक राजन पोखरेलले अनेकन समस्याबीच एक वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण परियोजना सम्पन्न भएको र यसले विमानस्थलको सेवालाई गुणस्तरीय बनाउन सहयोग पुगेको विश्वास व्यक्त गरे । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले पर्यटन मन्त्रालय, नियामक प्राधिकरणको निरन्तर प्रयत्न तथा विमानस्थलको सक्रियताका कारण महत्वपूर्ण आयोजना सम्पन्न भएको र यसले विमानस्थलको स्वरुप र सेवालाई बदलेको बताए । उनले बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि भदौ २८ गतेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड, उद्धार, कार्गो र नियमित उडानसहित करिब ६२ हजार ८९३ यात्रुको आवागमन भएको जानकारी दिए ।
हवाई यातायात क्षमता अभिवृद्धि अयोजना प्रमुख मुरारी भण्डारीले बन्दाबन्दीमा ३०० मिटर धावन मार्ग विस्तार, साना ठूला १४ वटासम्म जहाज क्षमताको पार्किङ्ग स्थल, आगमन हललगायत पूर्वाधार विकासको काम सम्पन्न भएको र बाँकी काम छिट्टै शुरु गरिने बताए । उनका अनुसार बाँकी समानान्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायु सेवा कम्पनीले उडान गर्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार