मंगलबार , असोज १३, २०७७

पाकिस्तानमा सन् २०२१ सम्ममा आर्थिक सुधार आउने एडीबीको अपेक्षा

पाकिस्तानमा सन् २०२१ सम्ममा आर्थिक सुधार आउने एडीबीको अपेक्षा

३० भदौ, इस्लामाबाद । पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एशियाली विकास बैङ्क ‘एडिबी’ ले पक्षेपण गरेको छ । महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मङ्गलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ ।

“पाकिस्तानले कोभिड–१९ द्वारा सिर्जना गरेको स्वास्थ्य र आर्थिक क्षेत्रको दोहोरो चुनौतीलाई समेट्न उल्लेखनीय सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ,” पाकिस्तानका लागि एडीबीका निर्देशक याङग सियाओङले भने । “कोरोना सङ्क्रमणको दरमा विस्तारै कमी आएको र व्यवसायिक गतिविधि फेरि सुरु भएका कारण अर्थव्यवस्थामा सुधारको सङ्केत देखिएको छ ।”

एसियाली विकास समीक्षामा एडीबीले सन् २०२० मा पाकिस्तानका लागि ०.४ वृद्धिदरको पूर्वानुमान गरेको थियो तर सन् २०२१ का लागि यसमा परिमार्जन गर्दै २.० प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेको छ । सामान्य अवस्थामा यस वर्षको अप्रिलसम्मका लागि एडीबीले पाकिस्तानले २.६ प्रतिशत र अर्को वर्ष ३.२ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर कोरोना भाइरसका कारण विश्वव्यापी व्यवसायिक गतिविधिमा प्रभाव परेको र पाकिस्तान पनि यसबाट अछुतोे नरहने बैङ्कको समीक्षाले देखाएको छ ।

रिपोर्टमा भनिएको छ, “कोभिड–१९ ले सन् २०२० मा पाकिस्तानको आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ । आर्थिक वर्ष २०२० को पहिलो छ महिनामा प्राप्त लाभहरू महामारीका कारण प्रभावशून्य भएका छन् । विदेशी पर्यटकलाई यात्रामा रोक तथा सङ्क्रमण नियन्त्रणका लागि व्यवसायहरूलाई बन्द गर्नुपर्ने अवस्थाका कारण नियमित माग र आपूर्तिमा प्रभाव आएको बताइएको छ ।

खाद्यान्नको मूल्यवृद्धिले मुद्रास्फीति आर्थिक वर्ष २०१९ मा ६.८ रहेकोमा २०२० मा करिब चार प्रतिशतले वृद्धि भई १०.७ पुगेको थियो तर आथिैक वर्ष २०२१ मा ७.५ प्रतिशत कायम रहने उल्लेख गरिएको छ । महामारी नियन्त्रणमा समय लाग्नु, तेलको मूल्य कम हुनु र स्थानीय मुद्रा अवमूल्यनका कारण व्यापारिक वस्तुको आयातमा निकै गिरावट आएको थियो । एजेन्सी 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले