बुधबार , असोज १४, २०७७

कोरोनाबाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

३१ भदौ, जेनेभा [ स्वीट्जरल्याण्ड ] । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले