भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार १८:१५:४८
३१ भदौ, [ पटना ] एएनआई । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो ।
समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।
यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरे । पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार