मंगलबार , असोज १३, २०७७

काठमाडौं आइपुगे हिमाल आरोहण गर्न बहराइनका राजकुमार

काठमाडौं आइपुगे हिमाल आरोहण गर्न बहराइनका राजकुमार

३१ भदौ, काठमाडौं । मध्यपूर्वको मुलुक बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल चढ्ने उद्देश्यले काठमाडौं आइपुगेको छ । उनीहरू विशेष विमान ल्याएर बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन ।

हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौं आइपुगेको हो ।

टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । उक्त विमान आज बिहान ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्ड ‘डिभेन्स फोर्स’ मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित गए राति नेपाल प्रस्थान गरेको थियो ।

उक्त टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थानपूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए । सो क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।

क्वारेन्टाइनपछि आरोहण अनुमति

हिमाल आरोहणका लागि आएको सो टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्ने र पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ ।

सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ७ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १७ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २३ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १९ घण्टा पहिले
सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ १८ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २१ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १५ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २० घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले