बिहिबार , असोज ८, २०७७

प्रधानमन्त्री ओलीको युवराज मोह

प्रधानमन्त्रीको यो निर्णयले बामदेव वा सुरेन्द्र पाण्डेलाई समेत अर्थमन्त्रालय चलाउन मुश्किल हुने सन्देश गएको छ । त्यसैले सकेसम्म कसैलाई मन्त्री नबनाउने, बनाउनै परे डा. खतिवडासँग वेभलेन्थ मिल्नेलाई जिम्मेवारी दिने योजना ओलीले बनाएका छन् । त्यस्तो अवस्था आए महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने दाउमा उनी रहेका छन् ।

प्रधानमन्त्री ओलीको युवराज मोह

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीमा गज्जबको घ्राणशक्ति छ । आफ्ना आउरेबाउरेको सुगन्ध र आलोचकको दुर्गन्ध उनलाई परै थाहा लाग्छ । त्यसैले मन नपरेकाको उनी अनुहारै हेर्न चाहँदैनन् भने मनप¥यो भने जस्तोसुकै आलोचना खेपेरपनि चेपेरै छाड्चन् । यस्तै हर्कत उनले डा. युवराज खतिवडाका हकमासमेत देखाए । जसरी भएपनि अर्थमन्त्रीमा डा. खतिवडालाई नै राख्ने उनको मनसुवा हो ।

तर पार्टीका शीर्ष नेताले उनको चाहानमा आघात पारे । राष्ट्रियसभाको रिक्त एकपदमा डा. खतिवडाको सट्टा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने तारतम्य नेताहरुले मिलाए । ओलीका लागि यो रुचीकर थिएन, तर राजनीतिक बाध्यताले गर्दा मरिच चाउरिएझैं भए । राष्ट्रियसभामा गौतम जाने तय गरेपछिपनि ओलीमा खतिवडा राग घटेन । उनले खतिवडालाई फेरिपनि सोही हैसियतमा राख्छु भन्ने सन्देश नेताहरुलाई दिन अस्ती सोमबारको क्याबिनेट बैठकबाटै विशेष पद सिर्जना गरी आर्थिक सल्लाहकार बनाए, त्योपनि मन्त्रीसरहको सेवासुविधाका साथ ।

ओलीले यस्तो निर्णय गरेर दुईवटा सन्देश एकैपटक दिन खोजेका छन् । पहिलो त उनी डा. खतिवडालाई आफ्नो कार्यकालभरि नै अर्थमन्त्रीकै हैसियतमा राख्न चाहन्छन् । अर्काे भनेको चाहिं नेकपामा अर्थतन्त्र बुझ्ने एक मात्र मानिस डा. खतिवडा मात्रै हुन्, त्यसैले बामदेव वा अरु कसैलाई पनि अर्थमन्त्रालयको जिम्मेवारी दिन सकिन्न । डा. खतिवडाको यो नियुक्तिबाट बामदेव मात्र होइन, अरु धेरै अर्थमन्त्रीका आकांक्षीहरुको बोल्ती नै बन्द गरिदिएका छन् ओलीले । प्रधानमन्त्रीका रुपमा मलाई अरु अढाई वर्ष झल्ने हो भने खतिवडालाई पनि अर्थमन्त्रीमा स्वीकार भन्ने उनको राजनीतिक सन्देश हो ।

सधैं पार्टीको नाममा अवसर लिने डा. खतिवडाका कारण ओलीकै सरकारसमेत सधैं विवादित र निम्छरो देखिने गरेको छ । खतिवडाले ओली सरकारका लागि तीनवटा बजेट ल्याए । तर कुनैपनि बजेटले जनतामा आशा र भरोशा जगाएन । उल्टो विद्युतीय कारमा करको बोझ बढाएर तथा चकलेटमा घटाएर राजश्व मार्ने काम भएको छ ।

प्रधानमन्त्रीलाई आर्थिक सल्लाह दिनेको कमी छैन । ओली आफैंले पूर्व अर्थसचिव लालशंकर घिमिरेलाई आर्थिक सल्लाहकार नियुक्त गरेकै छन् । त्यसमाथि फेरि विशेष सल्लाहकार भन्दै डा. खतिवडालाई ल्याए । ओलीसँग राजनीतिक सम्बन्ध बलियो बनाउन चाहनेले अब खतिवडालाई पनि स्वीकार्नुपर्ने भएको छ । बालुवाटारमै बस्ने कतिपय सल्लाहकार डा. खतिवडाप्रति सकारात्मक छैनन् । तर ओली भने कसैको सल्लाह मान्ने पक्षमा देखिएनन् । राजनीतिक रुपमा गरिएको प्रहारलाई त्यही स्वरुपमा जवाफ दिनका लागि प्रधानमन्त्रीले यस्तो निर्णय गरेको हो –एकजना निकटवर्ती स्रोतले भन्यो ।

आखिर ओलीले डा. खतिवडालाई यत्रो महत्व दिनुको पछाडि के कारण होला त ? धेरैलाई यस्तो जिज्ञाशा हुनु स्वभाविक हो । अहिलेसम्म सक्रिय राजनीतिमा नरहेका डा. खतिवडामा त्यस्तो के गुण छ, जो अरुमा छैन भन्दै बालुवाटार निकट कतिपयको गुनासो रहने गरेको छ । सधैं पार्टीको नाममा अवसर लिने डा. खतिवडाका कारण ओलीकै सरकारसमेत सधैं विवादित र निम्छरो देखिने गरेको छ । खतिवडाले ओली सरकारका लागि तीनवटा बजेट ल्याए । तर कुनैपनि बजेटले जनतामा आशा र भरोशा जगाएन । उल्टो विद्युतीय कारमा करको बोझ बढाएर तथा चकलेटमा घटाएर राजश्व मार्ने काम भएको छ । केवल ओलीको चाहना पूरा गर्ने रोबोटका रुपमा उनले आफूलाई स्थापित गरे । नेपाली जनताको चाहना संबोधन गर्ने कुनै कार्यक्रम उनको पालामा आएन ।

लामो समय नेपाल राष्ट्र बैंकमा जागिर खाएका उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षलगायत महत्वपूर्ण जिम्मेवारीमा रहँदा दाताहरुसँग एकखाले सम्बन्ध बनाएका छन् । त्यसैलाई सदुपयोग गर्न ओलीले डा. खतिवडालाई च्यापेको हुनसक्छ– नेकपाका एक नेताले भने । तर डा. खतिवडा भन्दा बढी ज्ञान,सीप र पहुँच भएका विज्ञहरु नेकपामा छन् । उनीहरु ओलीको नजरमा पर्न सकेनन् । त्यसैले डा. खतिवडा पटकपटक अवसर पाउनेमा परेका छन्– ती नेताले भने ।

भारीमनले अर्थमन्त्रीका रुपमा उनले बुझाएको राजीनामा ओलीले पनि गह्रौं मानेरै स्वीकृत गरेका थिए । प्राविधिक रुपमा अर्थमन्त्री बनाउन नमिलेपनि सोही हैसियतमा पुन नियुक्त गरिएको छ । डा. खतिवडाको अर्थमन्त्रीका रुपमा बहिर्गमन भएपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिएको अवस्था छ । त्यसैले डा. खतिवडाले हस्ताक्षर नगरेपनि मन्त्रालयका सबै काम गर्ने हैसियतले नियुक्त भएको धेरैको बुझाई छ ।

अब डा. खतिवडा छायाँ अर्थमन्त्री बन्नु भएको छ– अर्थमन्त्रालयका एक वरिष्ठ पदाधिकारीले भने । उनका अनुसार, सचिवलगायत उच्च पदस्थ कर्मचारीमा समेत त्यस्तै सूचना प्रवाहित गरिएको छ । अर्थमन्त्रालयको सबै काम अब प्रधानमन्त्री कार्यालयबाट हुनेछन्, सबै फाइल हेर्ने र व्रिफिङ लिने काम डा. खतिवडाले नै गर्ने हो मात्र स्थान फेरिएको छ – उनले भने ।

अर्थमन्त्रालयमा डा.खतिवडाको कार्यकक्ष रहन्न, त्यो प्रधानमन्त्रीको कार्यालयमा सरेको छ, अरु काम पूर्ववत नै हुने हो – उनले भने । बालुवाटार निकट स्रोत भन्छ– सकेसम्म ओलीले कसैलाई अर्थमन्त्री बनाउने छैनन्, बनाउन धेरै दवाव आयो भने डा. खतिवडालाई मान्ने व्यक्तिलाई मात्र राख्ने तयारी छ ।

प्रधानमन्त्रीको यो निर्णयले बामदेव वा सुरेन्द्र पाण्डेलाई समेत अर्थमन्त्रालय चलाउन मुश्किल हुने सन्देश गएको छ । त्यसैले सकेसम्म कसैलाई मन्त्री नबनाउने, बनाउनै परे डा. खतिवडासँग वेभलेन्थ मिल्नेलाई जिम्मेवारी दिने योजना ओलीले बनाएका छन् । त्यस्तो अवस्था आए महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने दाउमा उनी रहेका छन् । पौडेल र खतिवडाको राम्रो ट्युनिङ रहेको बालुवाटार निकट स्रोतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ७ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले