सोमबार , असोज १२, २०७७

कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

३१ भदौ, कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि कञ्चनपुरका आठ वटा स्थानीय तहमा पाँच बेडको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ । कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि कञ्चनपुरका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ । अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

उनका अनुसार जिल्लामा कृष्णपुर, पुर्नवास, बेदकोट, बेलौरी, महाकाली र शुक्लाफाँटा नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकामा पाँच बेडका कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । “प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ” उनले भने, “यसका लागि स्थानीय स्तरकै जनशक्तिलाई प्राथमिकतामा राखिएको छ ।”

निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा रु पाँच लाख, औषधिका लागि रु ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत रु चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ । तत्काल पाँच बेडको अस्पताल निर्माण हुने भएपनि कोभिड बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ बेडसम्म पु¥याउन सक्ने योजना रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुनारले बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका ७६ स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन् । तीमध्ये सबैभन्दा बढी कैलाली र बझाङमा ११-११ वटा स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन् । त्यस्तै बाजुरा डोटी, दार्चुला, अछाम र कञ्चनपुरका आठ-आठ, बैतडीका नौ र डडेल्धुराका पाँच स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएका छन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! १४ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १२ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि ९ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! ९ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … ८ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने ८ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु ९ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात ८ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले