श्रवणदृष्टिविहीन अपाङ्गता भएकालाई सक्षम बनाइँदै
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २२:३८:५३
३१ भदौ, विराटनगर । श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आफैँ गर्न सक्षम बनाउनका लागि उनीहरुलाई सिकाइ कार्य सञ्चालन भएको छ ।कोशी बहिरा संघले सञ्चारकर्मीलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा मोरङमा तीनवर्षे परियोजनाअन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिलासहित ११ जनालाई विभिन्न सिकाइलगायत सेवा उपलब्ध गराइएको जानकारी दिइयो ।
श्रवणदृष्टिविहीन २० वर्ष उमेर समूहका लागि विभिन्न सुविधा उपलब्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्बन्धका सिकाइलगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलालले बताए । संघका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर, टोल, छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्ति भए सङ्घलाई जानकारी गराइ उनीहरुलाई जीवनोपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गरे।
संघले राष्ट्रिय बहिरा महासंघको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलब्ध गराउने संघका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिए । विसं २०६८ को जनगणनाअनुसार मोरङमा १०६ महिलासहित २५४ श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्ति छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार