बुधबार , असोज १४, २०७७

पहिरो पीडितलाई प्रदेश सरकारको ५० हजार सहयोग

पहिरो पीडितलाई प्रदेश सरकारको ५० हजार सहयोग

३१ भदौ, बलेवा । बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिराेमा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गरे । पहिराेमा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

राहत प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । स्थानीय सरकार र संघ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उनले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरे । प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो ।

जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिरोका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले