बन्दाबन्दीमा प्रहरीको सक्रियता बढ्यो
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार २:३७:३६
३१ भदौ, स्याङ्जा । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका बेला अपराधिक क्रियाकलाप बढ्न थालेपछि स्याङ्जामा प्रहरीले सक्रियता बढाएको छ । चोरी शिकारी देखि जुवातास खेल्ने क्रम बढेपछि प्रहरीले अपराधिक क्रियाकलाप न्युनिकरण गर्न सक्रियता बढाएको हो ।
प्रहरीले एक सातामा भरुवा बन्दुक सहित बाघको जस्तो देखिने हड्डी देखि गाँजा सप्लाई तथा सेवन कर्ताहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका ७ मोहरीया बस्ने बर्ष ६९ को भिमबहादुर ठकुरी र सोही ठाँउका ६० बर्षिय ओमबहादुर हमाललाई एक नाले ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
ठकुरीको घरबाट इजाजत नभएको १ नाले भरुवा बन्दु एक थान, १ नाले १२ बोरको बन्दुक १ थान सहित बन्दुकमा प्रयोग हुने सामाग्री र हमालको घरबाट इजाजत नभएको एक नाले भरुवा बन्दुक २ थान सहित बन्दुकमा प्रयोग हुने सामाग्री सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरुको गतिविधिमा शंका लागेर खानतलासी गर्दा इजाजत नलिएर लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रवक्ता अधिकारीले बताए । जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पुतलीबजार १३ आहाले बस्ने केहरसिंह नेपालीले बाघको हड्डी लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा नेपालीको घर खानतलासी गर्दा हड्डी फेला परेको जनाएको छ । प्रहरीले बाघको जस्तो देखिने शरिरको टाउको, बङ्गरा सहित च्यापु सहित ८१ थान हड्डी बरामद गरि नेपालीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको जनाएको छ । त्यसै गरी प्रहरीले अबैध लागुऔषध (गाँजा) सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट ५ सय ४८ ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ ।
गाँजा सहित पक्राउ पर्नेमा पुतलीबजार ८ का विनबहादुर सिंह र भारतको बेतिया जिल्ला वडा नम्वर १० चैलाभार पश्चिम बिहार घर भई पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ का संजिबकुमार सिंह र वर्ष १८ का रहमदिन आलम रहेका छन् । गाँजा सहित पक्राउ परेका भारतीय नागरिकसँग १ सय २ ग्राम गाँजा भेटिएपछि सोधपुछ गर्दा सिंहसँग गाँजा खरिद गरेको बताएपछि उनी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता अधिकारीले जानकारी दिए ।
। पक्राउ परेको तीनै जनाको जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमान गर्दै प्रहरीले सक्रियता बढाए सगै धमाधम अपराधिक क्रियाकलापमा संलग्न पक्राउ पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय मातहतका सबै ईकाईहरुलाई कोरोना जोखिमबाट उच्च सर्तकर्ता अपनाउदै शान्तिसुरक्षाका लागि खटेर लाग्न प्रहरीहरुलाई निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र वोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार