शनिबार , असोज १०, २०७७

बेयरस्टोको शतक र बिलिङसको अर्धशतकमा सम्हालियो इंग्ल्याण्ड

बेयरस्टोको शतक र बिलिङसको अर्धशतकमा सम्हालियो इंग्ल्याण्ड

३१ भदौ, काठमाडौं । अष्ट्रेलियासँगको निर्णायक तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका ओपनर व्याट्सम्यान जोनी बेयरस्टोले शतक प्रहार गरेका छन् । शुरुदेखि नै इंग्ल्याण्डले विकेट गुमाएपनि अर्को इण्डबाट विष्फोट व्याटिङ गरेको बेयरस्टोले ३७ औँ ओभरमा छक्का र चौका हान्दै शतक बनाएका हुन् ।

३७ औ ओभरको पाँचौ बलमा प्याट कुमिन्सलाई छक्का हान्दै शतक पूरा गरेका उनले छैटौ बलमा चौका प्रहार गरेका थिए । १ सय २६ बल खेलेर १२ चौका र २ छक्का हानेका बेयरस्टो १ सय १२ रनमा आउट भएका छन् । एकदिवसीय क्रिकेटमा उनको यो दशौ शतक हो ।

 

कुमिन्सकै बलमा शतक बनाएका बेयरस्टो उनकै आठौ ओभरको बलिङमा आउट भए । जेसन रोय, जोय रुट, कप्तान इयोन मोर्गन र जोस बटलर सस्तैमा आउट भएर निकै दबाबमा परेको इंग्ल्याण्डका लागि बेयरस्टोले शतकीय इनिङ खेलेका हुन् ।

उनले साम बिलिङ्सँग १ सय १४ रनको साझेदारी गरे । बिलिङ्स भने ५७ रनमा आउट भए । एक समय निकै नाजुक अवस्थामा रहेको इंग्ल्याण्ड बेयरस्टो र बिलिङको शतकीय साझेदारीले २०० रन कटाउन सफल भएको छ । अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिएका छन् भने मिचेल स्टार्कले शुरुमै २ विकेट लिए ।

सनसनी जित निकाल्दै श्रृङ्खला बराबरी गरेको थियो । वल्र्ड ट्राफोर्डमा जारी तेस्रो एकदिवसीय पनि जितेर इंग्ल्याण्ड श्रृङ्खला जित्ने दाउमा बलियो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १८ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले