शनिबार , असोज १०, २०७७

दिनेशको चलचित्रमा प्रदीप, सन्तोषको ‘क्याम्प’बाट आउट !

दिनेशको चलचित्रमा प्रदीप, सन्तोषको ‘क्याम्प’बाट आउट !

३१ भदौ, काठमाडौं । एक समय निर्देशक दिनेश राउत र निर्माता सन्तोष सेनबीच ठूलै मतभेद थियो । क्लासिक र प्रेमगित एकैदिन रिलिज भएपछि उनीहरुबीच मतभेद मात्रै होइन, सार्वजनिक टिक्का टिप्पणी समेत हुने गरेका थिए ।

निर्माता र निर्देशकबीचकै लडाईमा कलाकार पनि दुई कित्तामा छु्ट्टिएका थिए । तर अहिले समय फेरिएको छ । समयसँगै हिजो एक बेला कित्ताकाट भएका कलाकार एक अर्कासँग नयाँ चलचित्रमा काम गर्ने तरखरमा जुुटेका छन् ।

पछिल्लो समय क्लासिक निर्देशक दिनेश राउतको नयाँ चलचित्रमा प्रदीप खड्का देखिने भएका छन् । नाम नजुरेको फिल्मका लागि प्रदीपले दिनेशलाई साथ दिने बचन दिएका छन् । उनीहरुबीच चलचित्र निर्माण गर्ने र मुख्य कलाकार प्रदीप हुने पक्कापक्की जस्तै भइसकेको छ ।

प्रदीपले पछिल्लो चलचित्र प्रेमगित खेलेका छन् । जुन प्रदर्शन हुन बाँकी छ । तर पछिल्लो दुई बर्षयता दिनेशका चलचित्र सफल हुन सकेका छैनन् । पछिल्लोपटक उनले विशाल भण्डारीलाई निर्देशन गर्न लगाएर सेल्फी किङ निर्माण गरेका थिए । चलचित्र सफल नभएपछि उनले नयाँ चलचित्र निर्माण तथा निर्देशन गरेका छैनन् ।

अब प्रदीपको चक्लेटी लुक्सबाट नयाँ लभस्टोरी फिल्म बनाउने योजना दिनेशको छ । तर प्रश्न उठ्छ, प्रदीप सन्तोष सेनको क्याम्प छाडेर साच्चै सफल होलान त ? किनकी प्रेमगितपछि प्रदीपले खेलेका लभ स्टेशन, लिलीबिली र रोजी तीनवटै चलचित्र सुपर फ्लप बनेका थिए ।

लगालग ३ वटा चलचित्र फ्लप बनेपछि प्रदीप धर्मराएको करियर उकास्न फेरि सन्तोष सेनकै भरथेगमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १७ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले