मंगलबार , असोज १३, २०७७

प्रधानमन्त्री ओलीले एनआरएनएको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले एनआरएनएको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्ने

१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले आयोजना गर्न लागेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५ गते) सम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका हुन् ।

सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने छन् ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा। हेमराज शर्माले जानकारी दिए ।

एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ९ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित २० घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १८ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २३ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त २२ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन २१ घण्टा पहिले
सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ २१ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २४ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले