वामदेव राष्ट्रियसभामा मनोनित भएको पुष्टि
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार २०:२३:३०
१ असोज, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासले नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको पुष्टि गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नै गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।
तर बिहीबार मात्रै राष्ट्रपति कार्यालयले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेको पुष्टि गरेको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो। सोहीअनुसार बुधबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी थिइन् ।
राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली थियो । भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । वामदेव २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएपनि सांसद बन्ने अवसर पाएका हुन् ।
यसैबीच राष्ट्रियसभा सचिवालयबाट आफूलाई तयार रहन भन्दै टेलिफोन आएको गौतमले बताएका छन् । वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले राष्ट्रपति मनोनित गरेको जानकारी गराउनेवित्तिकै राष्ट्रियसभाबाट गौतमलाई बैठकका लागि तयार रहन खबर आएको बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार