आइतबार , असोज ११, २०७७

ग्रीसमा हजारौं शरणार्थी अलपत्र, आज बिहानैदेखि नयाँ शिविरमा सार्न शुरू

ग्रीसमा हजारौं शरणार्थी अलपत्र, आज बिहानैदेखि नयाँ शिविरमा सार्न शुरू

१ असोज, ग्रीस । ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी अलपत्र परेका छन् ।

प्रहरीले बिहीबार बिहानैदेखि सोही द्वीपको कारा टेप भन्ने स्थानमा जान शरणार्थीहरुलाई अनुरोध गरेको थियो । शरणार्थीलाई मनाउन ७० जना महिला प्रहरी समेत परिचालन गरिएको थियो । यो कार्यक्रम शुरु हुँदा कुनै हिंसात्मक झडप भने भएन ।

अफ्रिका र एसियाली मुलुकहरु, खासगरी इराक र सिरियाबाट युरोप प्रवेश गर्न चाहनेहरुलाई यहाँ शिविरमा राखिएको छ, र उनीहरु सबै युरोपेली मुलुक प्रवेश गर्ने चाहनामा छन् ।

मोरिया शिविरमा गत साता आगो लागेको थियो । तर प्रहरी अनुसन्धानमा मोरिया शिविरमा रहेका सानो समूहले जानाजान शिविरमा आगो लगाएको देखिएको छ । कोरोनाभाइरसका कारण शिविरमा लकडाउन गरिएपछि क्रुद्ध भएका शरणार्थीले शिविरमा आगो लगाएको अनुमान गरिएको छ ।

आगलागिका कारण १,२०० भन्दा बढी मानिसलाई आपतकालीन आश्रयको व्यवस्था गर्नु परेको थियो । मोरियाबाट द्वीपको राजधानी माइटालिन पुग्ने सडकको छेउमा ठूलो संख्यामा मानिसहरू सुतिरहेका छन् ।

समुद्र नजिकै नयाँ शिविरमा ठुल्ठूला पालहरु राखिएका छन् । बुधबार रातिसम्ममा, करिब आठ हजार व्यक्तिलाई पुग्ने गरी शिविर बनाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ । तर यी शिविरमा निकै कमजोर एघार सय व्यक्तिले मात्र आश्रय लिएका छन् ।

शिविरमा आउने व्यक्तिको कोरोना परीक्षण गर्ने, दर्ता गर्ने र संक्रमित भए छुट्टै शिविरमा राख्ने गरिएको छ । प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो जनस्वास्थ्यको संरक्षण गर्न र स्पष्ट मानवीय सामग्री सहितको कार्यबाही हो ।”

मोरियामा गत हप्ताको आगलागीका लागि शंकास्पद दुई नाबालक सहित छ जना अफगानीलाई पक्राउ गरिएको छ । मोरियामा २,७०० भन्दा बढी व्यक्तिलाई राख्ने क्षमता छ । तर यो शिविर ध्वस्त हुनुअघि यहाँ १२ हजार ५०० भन्दा बढी व्यक्तिलाई राख्न सकिन्थ्यो । आलोचकहरुले लेस्बोसको शिविर व्यवस्थापनले युरोपको आप्रवासन नीतिलाई जिस्क्याएको आरोप लगाएका छन् । एपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले