सोमबार , असोज १२, २०७७

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

१ असोज, क्यान्बेरा । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् ।

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताएका छन । प्रस्तावित कानुनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गूगलले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा संचार माध्यमलाई भुक्तानी गर्नु पर्ने व्यवस्था समेटिएको छ ।

फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ । गूगलले पनि प्रस्तावित कानुनले गूगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ । गूगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ ।

सिम्सले अमेरिकी सामाजिक संजालका प्लेटफर्मसँग प्रस्तावित कानुनका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । प्रस्तावित कानुनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ ।

सिम्सले गूगलले उठाएका केही सरोकार जायज रहेका छन्, र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिनेछ भने । उनले गूगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए।

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुन मार्फत समाचारका लागि फेसबुक र गूगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्तराज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् । एपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! २१ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १९ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि १६ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! १६ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने १५ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … १६ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु १७ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात १६ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले