सोमबार , अषोज ५, २०७७

कुलमानको छायाँमा लटपटिएको ओली प्रवृत्ति

कुलमानको छायाँमा लटपटिएको ओली प्रवृत्ति

१ असोज, काठमाडौं । यतिबेला दुई व्यक्ति चर्चाको शिखरमा छन् । एक डा. युवराज खतिवडा र अर्का कुलमान घिसिङ । दुवैको चर्चा भएपनि समानता भने पाइँदैन । डा. खतिवडा प्रधानमन्त्रीको चहेतामा परेकाले चर्चित भएका हुन् भने घिसिङ आम नागरिकको रुचीको पात्र भएर ।

डा. खतिवडा अर्थमन्त्रीबाट बहिर्गमनमा पर्दा धेरै नाखुस भएनन् तर घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउँदा चित्त कुँढियो । स्वर्तस्फूर्त मानिस सडकमा ओर्लिए । त्यहाँ घिसिङले कुनै खर्चबर्च दिएर पठाएका मानिस थिएनन् ।

घिसिङ राजनीति गर्न उद्यत् छैनन् । उनको अभिष्ट नेतागिरी पनि होइन । उनी आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्ने इमान्दार राष्ट्रसेवक मात्र हुन् । त्यही इमान्दारीले नै उनको छवि पचासौं वर्ष राजनीतिमा बिताएको नेता भन्दा उँचो बनाइदियो । तर नेतागिरी गर्नेका लागि त्यो सुपाच्य भएन । त्यसैले प्रधानमन्त्री केपी ओलीलाई घिसिङको लोकप्रियताले नराम्री घोचेको छ ।

उनको कार्यकाल बढाउन उर्जा मन्त्री वर्षामान पुनले लगेको प्रस्ताव ओलीले कानून बमोजिम हुने भनेर टारिदिए । कानून बमोजिम भनेको सायद खुला प्रक्रियाबाट आउनुपर्छ भन्ने होला । तर उनै ओलीले त्यही प्रकृतिको रेलवे संस्थानमा भने गुरु भट्टराईलाई सोझै नियुक्त गरे । निकम्मा सावित डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरे ।

त्यो शंकाको लाभ ओलीलाई दिन सकिन्छ । तर ओली सरकारको कार्यशैली र व्यवहार हेर्दा त्यस्तो तिलश्मी नेतृत्व खोज्लान् भन्ने लाग्दैन । बरु कमिसनको थैली नबुझाएकाले नै कुलमानको पुनर्नियुक्तिमा आनाकानी गरेको आरोप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।

कुलमान घिसिङले वर्षाैं घाटामा गएको प्राधिकरणलाई चार वर्षे कार्यकालमा कायापलट गरिदिए । हुन त यो सबै काकताली परेको होला । तर भयो उनकै कार्यकालमा । भारतबाट विद्युत् किन्ने सम्झौता पावर पर्चेचिङ एग्रिमेण्ट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भएको थियो ।

त्यही विजुली किनेर व्यवस्थापन गरेका थिए कुलमानले । उनकै चारबर्षे कार्यकालमा प्राधिकरणले अचम्मकै छलाङ मारेको हो । दैनिक १८ घण्टाको लोडसेडिङबाट एक्कासी लोडसेडिङमुक्त बनाउने श्रेय उनलाई नै जान्छ । तर यो यथार्थ पचाउन ओलीको टिम तयार छैन । उल्टो व्यक्तिगत प्रचार गरेको लाञ्छना कुलमानप्रति लगाइयो । त्यसैले कुलमानको पुनर्नियुक्ति ओलीका लागि रुचीकर भएन ।

हुन त ओलीले कुलमान भन्दा योग्य र इमान्दार व्यक्तिलाई प्राधिकरणमा ल्याउने तयारी गरेका होलान् । त्यसैले कुलमान बिना प्राधिकरण चल्दैन भन्न नमिल्ला । त्यो शंकाको लाभ ओलीलाई दिन सकिन्छ । तर ओली सरकारको कार्यशैली र व्यवहार हेर्दा त्यस्तो तिलश्मी नेतृत्व खोज्लान् भन्ने लाग्दैन । बरु कमिसनको थैली नबुझाएकाले नै कुलमानको पुनर्नियुक्तिमा आनाकानी गरेको आरोप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।

नत्र कुलमानले त व्यवहारबाटै आफूलाई कुशल व्यवस्थापक भएको प्रमाणित गरिसकेका छन् । अब उनलाई फेरि प्रतिस्पर्धाको नाटक रचेर ल्याउनुपर्ने दरकार नै छैन । त्यो त केवल देखाउने दाँत मात्रै हो । तर ओली जस्ता शासकका लागि कुलमान जस्ता इमान्दार व्यवस्थापक काउछो हुन्छन् । जनस्तरबाट कुलमानको प्रशंसा हुँदा ओलीहरुलाई भत्भती पोल्ने गर्छ ।

ओलीको शैली र प्रवृत्ति हेर्दा लाग्छ, कुलमानसँग उनको राजनीतिक प्रतिस्पर्धा छ । जबकी कुलमान कसैले बोकेर बनाइएका होइनन् । त्यसको दरकार डा. खतिवडाहरुलाई पर्ला । तर कुलमान “सेल्फ मेड” हुन् । त्यस्ता क्षमतावान मानिसलाई खोजेर सरकारले काममा लगाउनुपर्ने हो ।

माइतीघर मण्डलामा भाडामा नाराबाजी गराउने बानी परेका ओलीहरु कुलमानका पक्षमा समेत आफूजस्तै अनुमान गर्छन् । तर नागरिक समाज कुलमानप्रति आश्वस्त र विश्वस्त छ । हिजो व्यवहारबाटै प्रमाणित गरिसकेका कुलमानले अझै केही गर्छन् भन्ने आम अपेक्षा रहेको छ । उज्यालो नेपाल अभियानका नायकका रुपमा उनलाई लिइएको छ । यद्यपि उनले आफ्नो सफलतालाई कहिल्यै व्यक्तिगत खातामा राखेनन् । सार्वजनिक मञ्चहरुबाटै उनले राजनीतिक नेतृत्वलाई जस दिएका छन् । तर ओलीका लागि त्यो पाच्य भएन । किनभने कुलमानले ओलीको जस्तो सेटेलाइटबाट बिजुली बेच्ने हावादारी गफ दिएनन् । बरु राम्रो व्यवस्थापन गरिदिए ।

जनताप्रति इमान्दार सरकारले राम्रो जनशक्तिबाट सेवा प्रदान गर्छ, न की उसको इश्र्या । ओलीको शैली र प्रवृत्ति हेर्दा लाग्छ, कुलमानसँग उनको राजनीतिक प्रतिस्पर्धा छ । जबकी कुलमान कसैले बोकेर बनाइएका होइनन् । त्यसको दरकार डा. खतिवडाहरुलाई पर्ला । तर कुलमान “सेल्फ मेड” हुन् । त्यस्ता क्षमतावान मानिसलाई खोजेर सरकारले काममा लगाउनुपर्ने हो ।

ओली उल्टो दिशातिर हिंडेका छन् । कुलमानलाई तह लगाएर जनता तर्साउने खतरनाक खेल खेल्दै छन् ओली । कदाचित ओलीले फेरि कमिशनको आडमा बिचौलियालाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएभने जनस्तरमा अर्काे ज्वारभाटा उठ्न सक्छ ।

डा.युवराज खतिवडा जस्तो कमजोर धरातल भएको व्यक्ति देखिएनन् कुलमान । त्यसको हेक्का राख्ने काम ओली सरकारको हो । सकेसम्म छिटो कुलमानलाई विद्युत् प्राधिकरणको नेतृत्व जिम्मा लगाउँदा मात्रै जनमतको कदर हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले