आइतबार , असोज ११, २०७७

कुखुरा पालन व्यवसाय : बन्दाबन्दीमै गाउँमै पाँच लाख आम्दानी

कुखुरा पालन व्यवसाय : बन्दाबन्दीमै गाउँमै पाँच लाख आम्दानी

१ असोज, धादिङ ।  मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आउनुभएका लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थालेका छन ।

“पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन”, उनले भने, “कतारमा सेक्युरिटी गार्डको जागिर मिलेको थियो । विदेशमा सेक्युरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन् ।” विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गरेका लेकबहादुर बन्दाबन्दीको अबधिमा रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका छन ।

थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उनको भनाइ छ । छ सय बोइलर कुखुरा पालेर रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका लेकबहादुरले आफूलाई यही पेसाले काम र आम्दानी दुवै दिएको बताए ।

विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताउनुभयो । विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टी दिएको उनको भनाइ छ ।

लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी ‘कोभिड–१९’ ले सिर्जना गरेको बरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ । यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ । हजारौं लेकबहाखुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले