हुन्डाई ग्राण्ड आईटेन नियोस अब नेपालमा
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार १:१:४४
१ असोज, काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आईटेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ ।
हुन्डाई ग्रान्ड आईटेन धेरै वर्षदेखि बजारमा सबैभन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिस र थप विशेषताहरु भएको ग्रान्ड आईटेन नियोस बजारमा ल्याएको हो ।
हुन्डाई ग्राण्ड आईटेन नियोस Kappa Dual VTVT Technology मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ PS/६००० RPM सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पहरुमा पाउन सकिने कम्पनीले जनाएको छ । ग्राण्ड आईटेन नियोसले 5–speed म्यानुअल र स्मार्ट अटो ATM दुबै किसिमको transmission मा उपलब्ध छन् ।
हुन्डाई ग्राण्ड आईटेन नियोसमा Glossy Black Radiator Grille, Boomerang आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ inch alloy Wheel पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आईटेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध रहेको जनाइएको छ ।
ग्राण्ड आईटेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कार प्ले, एन्ड्रोइड अटो र best-in-segment टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सी.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधायुक्त ग्राण्ड आईटेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।
सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा Strong Body Structure 65% (AHSS+HSS), Front Dual Airbags,सेन्सर भएकाे इबिडीका साथ Anti-lock Braking System, र Driver Rear View Monitor प्रस्तुत गरेको छ ।
हुन्डाई ग्राण्ड आईटेन नियोसले नेपाली बजारमा आफनो छुट्टै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य रु ३० लाख ९६ हजार कायम गरिएको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपालभरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडाैं ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार