बढी मूल्यमा प्याज बिक्री गर्ने आठ पसल कारबाहीमा
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार २:५६:६
१ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत संकलन भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिए ।
बजारमा पछिल्लो समय प्याजको मूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । आज मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौं महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५-५५ हजार जरिवाना गरिएको बताए ।
यसैगरी काठमाडौं महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार