बैतडीमा प्रशासनद्वारा बारअनुसारको सेवा
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १५:४४:३९
२ असोज, बैतडी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । फरक पालिकाअनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ ।
पुर्चौँडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय हाताबाटै नियमितरूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिने जनाइएको छ । नेपाली नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवा भने सबै पालिकाका नागरिकलाई हप्ताको छ दिन नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।
यस्तै जिल्लामा सङ्घीय सरकारको निर्णयानुसार अहिलेका लागि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने दिने तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरूपमा पालना गर्ने गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उनले भने, “मास्क नलगाई हिँड्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड नपाउनेलाई भने कानूनअनुसार कारवाही हुनेछ ।” गत भदौ ८ गतदेखि जारी निषेधाज्ञा भदौ ३१ मा सकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार