गणेशमान नेपाली राजनीतिका शिखर पुरुष : सभापति देउवा
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार २०:५७:५०
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन ।
नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उनकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताए । “मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरे ।
यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३औँ स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहेको उल्लेख गरे ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताए । गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।
पिता गणेशमानलाई स्मरण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको बताउँदै प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधैँ सम्झिरहने उल्लेख गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार