रोटरी क्लबद्वारा पीसीआर मेसिन हस्तान्तरण
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार ३:३९:३
२ असोज, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना परीक्षणका लागि थप सहज बनाउन पीसीआर उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ मध्यपुर रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल – भुटानले संयुक्त रुपमा सो उपकरण हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठलाई रोटरी क्लब अफ मध्यपुरको संयोजनमा रोटरी इन्टरनेशनल ३२९२ नेपाल÷भुटानका डिस्ट्रिक गभर्नर राजिव पौडेलले एक थान प्रोटेबल पिसीआर मेसिन सेट हस्तान्तरण गरेका हुन । स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई गत असार २ गते सो परीक्षणका लागि स्वीकृति प्रदान गरेको थियो । थप उपकरण आएपछि दुईवटा उपकरणले धेरै संख्यामा छिटो रिपोर्ट दिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस अस्पतालमा दैनिक २ सय भन्दा बढीको पीसीआर परीक्षण गर्नुका साथै २४ घण्टामा नतिजा उपलब्ध गराउने गरेको छ । यस अस्पतालले हालसम्म १० हजार जनाको कोरोना परीक्षण गरिसकेको छ ।कोरोना संक्रमितका लागि अस्पतालले २० श्ययाको क्वारेन्टाइन, १७ श्ययाको आइसोलेशन र ११ श्ययाको आईसियू तथा आठ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको छ ।
कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल-भूटानका डिस्ट्रिक गभर्नर पौडेलले रोटरी इन्टरनेशनलले नेपालमा विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउदै आएको जानकारी दिदै पाटन, वीर, शिक्षण लगायतका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई २० करोडभन्दा बढीको स्वास्थ्य क्षेत्रमा प्राबिधिक सामाग्रीहरु प्रदान गरेको बताए । कार्यक्रममा क्लबका पूर्व डिस्ट्रिक गर्भनर तीर्थमान शाक्यले शिक्षा र स्वास्थ्यका लागि रोटरीले पु¥याएको सहयोगको चर्चा गर्दै चार श्ययामा डायलोसिस मेशिन सञ्चालनमा ल्याए थप चार श्यया थपिदिने बताए ।
सोअवसरमा संयोजक एवं रोटरी क्लव अफ मध्यपुर डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक गर्भनर सुरेन्द्रबिक्रम प्रजापतिले यस अस्पतालका लागि चारवटा डायलोसिस मेशिन, दुईवटा भेन्टिलेटर प्रदान गर्ने तयारी गरेको जनाउँदै नगरपालिकासँगको साझेदारीमा सिटिस्क्यान र एमआरआई मेशिन पनि प्रदान गर्ने तयारी गरेको जानकारी दिए ।रोटरी क्लव अफ मध्यपुरका जगतकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्पतालका निर्देशक डा. डि.के. रौशनले अहिलेको सङ्कटमा निजी अस्पतालले बिरामी भर्ना नलिने, काठमाडौंका सरकारी अस्पतालमा जान नसक्ने अवस्थामा अस्पतालले यहाँका बासिन्दालाई सेवा दिइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार