राष्ट्रिय परिचयपत्र विवरण संकलन शुरु
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार १४:४१:२६
३ असोज, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो । शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सङ्कलन कार्य शुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए । सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, “अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”
राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम शुरु भएकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरे । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार