पहिराेले लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार १७:११:५७
३ असोज, बलेवा । आज बिहानको अविरल वर्षापछि खसेको पहिराेले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो ।
आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।
बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए । “डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली खटिएको छ”, उनले भने, “ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
चैत ४, २०८० आइतबार
रसुवामा ४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का
चैत ४, २०८० आइतबार
नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री
फागुन ४, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार