बर्दियामा दिनहुँ जङ्गली हात्तीको आतङ्क, एक जना घाइते
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार २०:२:३
३ असोज ,बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए ।
उनका अनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन् । राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनि घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए ।
जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए । तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका पोलहरु ढलेका कारण मर्मतको तयारी भइरहेको थारूले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, अदालतको आदेश लत्यायो
चैत ९, २०८० शुक्रबार
अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार