फेसबुकले जुटायो मिर्गौलापीडितको उपचारका लागि ११ लाख
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १८:३२:२
४ असोज, मुग्लिन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम संकलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम संकलन भएको हो ।
देश विदेशमा रहेका ११७ व्यक्ति तथा संघसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहनुभएका समाजसेवी एवं व्यवसायी घोतानेले बताए । “कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु”, उनले भने ।
विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएको थियो । सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग सङ्कलनका लागि अभियान चलाएको घोतानेले बताए ।
पीडितको उपचारका लागि संकलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ । अभियानकर्मी घोतानेले विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा पीडितका परिवारलाई रकम हस्तान्तरण गरे ।
मिर्गौलापीडितलाई साढे छ लाख सहयोग
दमौली– तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष राना मगरलाई साढे छ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । ‘सन्तोष बचाउ अभियान’ मार्फत देश तथा विदेशबाट प्राप्त भएको रु छ लाख ५८ हजार ६२४ पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।
सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए ।
उनका अनुसार सन्तोषको उपचारका लागि जापानमा बस्ने केशवटारवासीले रु दुई लाख सहयोग गरे । “मिर्गौलापीडित सन्तोषका बारेमा जानकारी पाएपछि उनको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरे, उक्त अभियानमा सबैले सहयोग गरिदिए”, आलेले भने, “संकलन भएको रकमले पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” रानाको मिर्गौला प्रत्यारोपणका लागि संकलन गरिएको रकमले पुग्ने भएपछि हाललाई उक्त अभियान स्थगन गरिएको जानकारी दिए ।
मिर्गौलापीडित सन्तोषको उपचारका लागि अमेरिकामा पनि रु छ लाखभन्दा बढी रकम संकलन भएको छ । न्यूयोर्कमा आशिष थापा र कुलदीप राना मगरको पहलमा दुई हजार ६८१ अमेरिकी डलर र टेक्सासमा भीम थापाको पहलमा दुई हजार ७७० डलर संकलन भएको छ । टेक्सासमा रहेका थापाले जिल्लावासी युवकलाई परेको पीडामा सघाउन अमेरिकामा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको जानकारी दिए ।
गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आएका छन । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सन्तोषले सहयोगको अपिल गर्दै आएका थिए । प्राप्त रकमले अब मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुग्ने भएकाले बाँच्ने आशा पलाएको सन्तोषले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार