बाहुबली र कटप्पा बन्दै त छैनौं ?
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २०:३:५
दोस्रो भागमा रहस्य खुल्यो, जसले धेरै दर्शकलाई अचम्मित तुल्यायो पनि तर त्यो गम्भीर परिस्थिति र घटनाको मुल्याङ्कन सोचे भन्दा हलुका रहन गयो । ज्यादै सतही ।
कटप्पालाई थाहा छ बाहुबली निर्दोष छ र उसको हत्याको आदेश गलत मात्रै हैन जघंन्य प्रवृतिको छ, तापनि बाहुबली मारिन्छ र उसको हत्या सकिनासाथ शिवगमिनीलाई आफ्नो गल्ती महसुस हुन्छ । त्यसपछि के कस्ता घटना परिघटना घटे त्यो सबै दर्शक महानुभावहरुलाई विदितै छ ।
कटप्पा शक्ति र सामर्थ्यको धनी हुँदाहुँदै पनि दासताको जन्जिरमा जेलिएको हुन्छ । शासकको आदेश अक्षरस पालन गर्नु उसको नियति बनेको छ । हामीकहाँ पनि परिस्थिति करिब करिब त्यस्तै नै छ । सत्तासिन धृतराष्ट्रहरु आफु र आफ्नालाई एकलौटी गर्न मिल्ने वातावरण निर्माणमा अहोरात्र खटिएका छन् । सम्पूर्ण राज्यसंयन्त्रको चरम दुरुपयोग गर्न किञ्चित पछि परिरहेका छैनन् ।
कुलमानहरु हारिरहेका छन्, बामदेवहरु जितिरहेका छन् तर सत्तासिन पार्टीका असंख्य कार्यकर्ताहरु दत्तचित्त भएर कटप्पाको भूमिका निर्वाह गरिरहेका छन् । अरु गरुन पो के ? आँफैले आफुलाई दास घोषणा गरेका छन् ।
देशमा व्याप्त चरम अव्यवस्था, गरिबी, बेरोजगारी, महंगी, कालोबजारीबाट कम्ता दुखी तिनीहरु पनि छैनन् । सन्तान र सन्ततिको चिन्ता तिनीहरुमा पनि नभएको कहाँ हो र ? तर बोल्न र विरोध गर्न सक्दैनन् । कारण उही दासता, उही गुलामी अनि विनासित्तैको लाज ।
मैले निजी अनुभव केसम्म पनि गरेको छु भने मञ्चबाट सरकारको घोर समर्थन र वावाही गरेर फर्किएको कमरेड मित्र डेरामा आएर घ्वांक घ्वाक रोएको देखेको छु, सुनेको छु । सम्झाएको पनि छु र अहिले ती मित्र कता छन् सोधखोज चाँही गरेको छैन् ।
देशमा शिक्षा र चेतनाको स्तर दयनीय छ । अशिक्षित त अशिक्षित नै भए, देश दुनियाँको बारेमा ज्ञान छैन् । मान्छु तर आफुला
पढेलेखेको ठान्नेहरुलाई के भन्ने ? यो पंक्तिका कार्यकर्तालाई थाहा छ, पार्टी गलत बाटोमा लाग्दैछ र यसबाट राष्ट्र र जनताको भलो हुँदैन भन्ने कुरामा ऊ स्पष्ट छ तर ऊ त्यहीं भित्र आफुलाई अवसर खोज्छ ।
साँढेको फल खस्ला र खाम्ला भनेर स्यालले झैं निरन्तर पछ्याई रहन्छ तर विडम्वना न त साँढेको फल खस्छ न उसको कामना पूर्ण नै हुन्छ तैपनि जीवनभर भौतारिरहन्छ । आफ्नोसँगै आफ्नाको पनि दिनचर्या जोखिममा पार्दछन् ।
तसर्थ मेरो त सम्पूर्ण वुवाआमा दाजुभाई सँग के मात्रै अनुरोध रहन्छ भने ३६५ दिन कांग्रेस, कम्युनिष्ट, पञ्चमण्डले हुनु भन्दा चुनावको दिन आफ्नो संवैधानिक अधिकार प्रयोग गर्नुस र आफुलाई योग्य लागेको व्यक्ति वा पार्टीलाई जिताउने कोशिश गर्नुस ।
यत्तिमात्रै गर्न सक्नु भयो भने तपाई, तपाईको समाज अनि तपाईको राष्ट्रले क्रमश विकासको काँचुली फेर्नेछ । सबैको जीवन सुखमय बन्नेछ साथै तपाईको गुलामीको दासताको अन्त्यपनि त्यही दिन हुनेछ । श्री पशुपतिनाथले सबैको कल्याण गरुन । ♦जर्मनीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
सरकार र निजी क्षेत्रका दुई मुख : अर्थतन्त्रमा समस्या छ भनेर समाधान खोज्ने कि छैन भनेर ?
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार