तिलाठी कोइलाडीमा पुस्तकालय तथा इ–लाइब्रेरीको उद्घाटन
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २१:१:६
◊ धीरुभाइ
४ असोज, सप्तरी । राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित एक माध्यमिक विद्यालयमा पुस्तकालय तथा इ–लाइब्रेरीको उद्घाटन गरेको छ । एक कार्यक्रमबीच सो गाउँपालिकाको वडा नं. ८ तोपा स्थित जनता माध्यमिक विद्यालयमा राष्ट्रिय सभा सदस्य सिंहले पुस्तकालय तथा इ–लाइब्रेरीको उद्घाटन गरेको हो ।
पुस्तकालय तथा इ–लाइब्रेरीको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य सिंहले गुणस्तरीय शिक्षाको लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यक रहेको बताए । अहिले विश्व नै प्रविधिमैत्री भईरहेको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाटै प्रविधीमा दक्ष बनाउनु जरुरी रहेको उनले दक्ष जनशक्तिले नै समाज र मुलुकको विकास सम्भव रहेको बताए ।
सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भौतिक पूर्वाधार विकासको विकास मात्रै पर्याप्त होइन भन्दै शिक्षाको समुचित विकास भएमा मात्र समाजको विकास सम्भव रहेको बताए । सूचना प्रविधिको समय भएकोले यसको विकास जरुरी रहेको अध्यक्ष सिंहले इ–लाइब्रेरीले दक्ष जनशक्तिको विकासमा सहयोग पुग्ने बताए ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले संघीय शिक्षा ऐन ल्याउन सरकार उदासिन रहेको आरोप लगाउँदै अविलम्ब शिक्षक सेवा आयोग गठन गर्न माग गरे । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले समाजको विकासको लागि सक्षम जनशक्ति आवश्यक रहेको बताउँदै पुस्तकालयको संरक्षण सम्बद्र्धनमा सबैले योगदान गर्नुपर्ने बताए ।
उक्त विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक महासंघ सप्तरीका सह अध्यक्ष सुरेश यादव, नेपाली कांग्रेसका क्षेत्रीय सचिव अरुणकुमार मण्डल, जगदिश मण्डल, सफिक मन्सुरी, विद्यालयका प्रधानाध्यापक रमेश झा, ललिता झासहितकाले मन्तब्य ब्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार