मंगलबार , कार्तिक ४, २०७७

स्वास्थ्य बीमाको लागि सनराइज बैंक र छिन्नमस्ता अस्पतालबीच सम्झौता

स्वास्थ्य बीमाको लागि सनराइज बैंक र छिन्नमस्ता अस्पतालबीच सम्झौता
फोटो क्याप्सन : सनराइज बैंक र छिन्नमस्ता अस्पतालबीच भएको स्वास्थ्य बीमाको सम्झौता अदानप्रदान गर्दै ।

♦ धीरुभाइ

४ असोज, सप्तरी । स्वास्थ्य बीमाको लागि सनराइज बैंक लिमिटेड शाखा राजविराजले छिन्नमस्ता अस्पतालसँग सम्झौता गरेको छ । स्वास्थ्य बीमा योजना अन्तर्गत बैंकले प्रत्येक बचत खाता ग्राहकलाई डबल सुरक्षा (स्वास्थ्य बीमा र दुर्घटना बीमा) को लागि सो सम्झौता गरेको हो ।

मुलुकका ३५० भन्दा बढी सरकारी तथा निजी अस्पतालहरुसँग सहकार्य गरी आफ्ना बचत खातावालाहरुलाई तोकिएको अस्पतालमा उपचार गराउँदा अधिकत्तम एक लाख रुपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको बैंकका सहायक प्रबन्धक भूपेश परसैलाले बताए ।

सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पतालसँग दुई पक्षीय सम्झौता गरी सो अस्पताललाई सेवाको सूचीमा सूचीकृत गरिएको बैंक राजविराज शाखाका ग्राहक प्रतिनिधि अफिसर दिपेश साहले जानकारी दिए । यस सम्झौता अन्तर्गत बैंकका बचत खातावालाहरुले छिन्नमस्ता अस्पतालमा भर्ना भई उपचार गराउँदा डिस्चार्ज भएको मितिले १५ दिन भित्र आवश्यक कागजात पेश भएमा पाँचदेखि २५ प्रतिशतसम्म उपचार र्खच वापत बीमा रकम पाउने उनले बताए ।

बैकका बचत ग्राहकले अस्पतालमा भर्ना भइ उपचार गराए वापत निश्चित रकम मिनाह पाउने छिन्नमस्ता अस्पतालका सञ्चालक अध्यक्ष शैलेन्द्र मोहन झाले बताए । विरामीले बैंकबाट बीमा र अस्पतालबाट उपचार खर्चमा छुट पाउने निश्चित भएको उनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय