धिपधिप बत्ती बल्ने बुर्तिबाङमा पुग्यो बिजुली
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार १:४६:४३
४ असोज, बलेवा । स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।
केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध हुने समस्या । गत भदौ १७ गतेको नरसंहारकारी पहिराले बगाएका लघुजलविद्युत् आयोजना मर्मत गरेर धिपधिप बत्ती बालिरहेको बुर्तिबाङले आइतबारदेखि भने बिजुली पाएको छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बत्ती बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गरे ।
जिल्ला सदरमुकाम बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मिहेनतपछि बुर्तिवाङवासीले आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्त रुप लिएको ढोरपाटन नगरप्रमुख नेपालीले जानकारी दिए बुर्तिबाङमा रहेको लघुजलविद्युत्ले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।
हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङ बिजुली पु¥याउन सकिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । बुर्तिबाङमा विद्युत् पु¥याउनका लागि हरिचौरको ११ केभी सब–स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४०० पोल गाडिएको छ । वितरण केन्द्रका अनुसार बुर्तिबाङ बजारमा तत्कालै तीन हजार घरमा विद्युतीकरण हुनेछ ।
जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत् सेवा पुगेको छैन । स्थानीयवासीले बनाएका लघुविद्युतकाे भरमा बिजुली बालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार