अब आइसोलेशनको नियम तोड्नेलाई १५ लाख जरिबाना
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार ३:४:२१
४ असोज, काठमाडौं । अब आइसोलेशनको नियम तोड्नेलाई १५ लाख जरिबाना हुने भएको छ । यो खबर इङ्गल्यान्डको हो । त्यहा घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिबाना तोकिएको छ ।
इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म जरिवाना हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोना भाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।
नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ। कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन्।
शनिवारमात्रै इङ्गल्यान्डमा कोरोनाका ४,४२२ नयाँ संक्रमितहरु थपिएका छन् भने कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ। जरिबाना सुरुमा १,००० पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र “एकदमै नराम्ररी नियम तोड्ने”लाई १०,००० पाउण्डसम्म हुन सक्ने त्यहाको सरकारले जनाएको छ ।
नयाँ नियम अनुसार कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट यूके फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुने समाचारमा उल्लेख गरिएको छ । अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन्।
अहिले दैनिक पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको पाइएपछि सरकारले निरन्तर निगरानी बढाएको छ । हाल इङ्गल्यान्डमा मात्रै लागु नयाँ नियमहरू वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि लगाइने यूके सरकारको आशा छ।
यी तीनवटा देशसँग कोरोना भाइरससम्बन्धी आफ्नै नियमहरू लागु गर्ने अधिकार रहेको छ। सेल्फ आइसोलेशनमा बस्न भनिएकाहरू एनएचएसको परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा निरन्तर रहनुपर्ने नियम उल्लेख छ । प्रहरीले पनि कोभिड-१९ का हटस्पट र उच्च जोखिम रहेका समूहहरूमा निरन्तर नियमको पालना भए नभएको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार