विद्यालय भवन स्थानान्तरण र पुनर्निर्माण
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १५:९:४६
५ असोज, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो । नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए ।
विसं २०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो । नदी कटानका कारण करिब छ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए । “नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ”, प्रअ छन्त्यालले भने, “पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो ।” विद्यालय स्थानान्तरणका लागि नौ रोपनी जग्गा खरिद गरिएको छ । आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी रु दुई लाख ५० हजारका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।
सोही जग्गामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा तीन वटा दुई तले १२ कोठे भवन निर्माण भएको छ । प्राधिकरणको रु एक करोड ४० लाख अनुदानमा चार/चार कोठे दुई वटा भवन निर्माण भएको छ । अर्को चार कोठे भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा रु ३० लाख र आर्थिक वर्ष २०७६/७७ मा रु। १६ लाख अनुदान सहयोग गरेको थियो । प्रवासमा रहेका कुइनेमङ्गलेबासीहरुले जुटाएर पठाएको रु नौ लाख लागतमा कार्यालय प्रयोजनका लागि एक तले भवन निर्माण भएको छ ।
भवनका साथै छात्रामैत्री शौचालयसमेत निर्माण भएको छ । नयाँ भवन निर्माण भएको ठाउँमा नदी कटान नियन्त्रण, घेराबार र सुरक्षित खानेपानी योजनाको माग गरिएको अध्यक्ष छन्त्यालले बताए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ११५ विद्यार्थी छन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सो विद्यालयका तीन शिक्षकलाई निजी स्रोतबाट तलब व्यवस्थापन गरिँदै आएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार