आईपीएलको सुपरओभरमा दिल्लीको जित
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १५:१३:१
४ असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराती भएको खेलमा किंग्स इलावेन पञ्जाबलाई सुपरओभरमा १० विकेटले हराउदै पञ्जाब विजयी भएको हो ।
सुपर ओभरमा पञ्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले दोस्रो बलमै पूरा गर्यो । उसका लागि ऋषभ पन्तले ३ रन बनाए । खेल सुपर ओभरमा धकेलिएपछि ब्याटिङ गर्न आएका पञ्जाबका कप्तान केएल राहुलले २, निकोल पूरन शून्यमै आउट भए । बलिङमा कागिसो रबाडाले २ विकेट लिए ।
अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि १३ रन चाहिएको थियो । तर, उसले १२ रन मात्र बनाउन सक्यो । दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
उसका लागि ओपनर मयंक अग्रवालले शानदार ब्याटिङ गरे । उनले ६० बलमा ४ छक्का र ७ चौकासहित ८९ रन बनाए । पञ्चाबका अन्य ब्याट्सम्यानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
बलिङमा दिल्लीका रविचन्द्रन आश्विन, कागिसो रबाडा, मार्कस स्टोइनिसले दुई दुई विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए ।
त्यस्तै, कप्तान श्रेयस अय्यर ३९, ऋषभ पन्त ३१, शिमरन हेटमायर ७, रविचन्द्रन आश्विन ४, अक्षर पटेल , पृथ्वी शा ५ र शिखर धवन शून्य रनमा आउट भए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, सेल्डन कोट्रेलले २ र रबि बिश्नोई एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार