समाजसेवी अधिकारीले दिए प्रहरीलाई साईकल
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २२:२१:३५
५ असोज, स्याङ्जा । वालिङ मोडमा रहेको प्रहरी विटलाई एक थान साईकल हस्तान्तरण गरिएको छ । वालिङ ८ का समाजसेवी सिताराम अधिकारीले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न सहज होस् भन्दै एक थान साईकल हस्तान्तरण गरेका हुन् ।
समाजसेवी अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरिप्रसाद पौडेलमार्फत वालिङ मोड प्रहरी विटका हवलदार मधु केसीलाई सो साईकल हस्तान्तरण गरेका थिए ।
अत्यन्तै व्यस्त रहने वालिङ मोड लगायत बजार क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई छिटो छरितो सेवा प्रवाह गर्न सहजता प्रदान हुनेछ भन्ने उद्देश्यले साईकल उपलव्ध गराएको समाजसेवी अधिकारीले बताए । विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका समाजसेवी अधिकारीले बेला बेलामा आवश्यकता हेरेर विभिन्न निकायलाई सहयोग गर्दै आएका छन् ।
प्रहरीलाई साधन श्रोत प्रर्याप्त भयो भने नै हाम्रो सुरक्षा गर्न सजिलो हुने छ समाजसेवी अधिकारीले भने,“बजार क्षेत्रको शान्ति सुरक्षाका लागि यो साईकलले महत्वपूर्ण भुमिका खेल्ने छ ।” साईकलको प्रयोगबाट केही हदसम्म भएपनि प्रहरीलाई सेवा प्रवाहमा सहजता मिल्ने विश्वास उनले लिएको बताए । प्रहरीले पाएको साईकलले अब छिटो छरितो सेवा प्रवाह हुने विश्वास अधिकारी परिवारको छ ।
समाजसेवी अधिकारीसहित परिवारले प्रहरीलाई साईकल हस्तान्तरण गरेर सहयोग गरेकोमा वडाप्रहरी कार्यालय आभारी रहेको प्रहरी निरिक्षक पौडेलले बताए । सानातिना घट्नालाई न्युनिकरण गर्न यो साईकलले प्रहरीलाई ठुलो भुमिका खेल्ने विश्वास पौडेलको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार