गुदीविहिन बोक्रे नेपाली
इन्द्र रिजाल
असोज ५, २०७७ सोमबार २३:४५:२३
“हगि पनि सक्यो दैलो पनि देख्यो” । यो हाम्रा बाजे–जिजुबाजेकै पालादेखि चलिआएको उखान हो र आज २१औ शताब्दीमा पनि हाम्रो चाला उस्तै छ । हामीले पटकपटक देशको व्यवस्था परिवर्तनको लागि ठुला ठुला आन्दोलन गर्यौं ।
एउटालाई मिल्क्याएर अर्कोलाई सत्ताको शिखरमा पुर्यायौं तर हामी पहिले भन्दा झन् धेरै ठगिंदै गयौं । विदेशीका डलरले निर्देषित ती यावत आन्दोलन हाम्रा लागि प्रत्युत्पादक बने । पटकपटकको सांसद किनबेचले वाक्क भएर अहिलेको प्रचण्ड बहुमतको सरकार निर्माण गर्यौं र हामीलाई सही अभिवाकत्व प्रदान गर्ला भन्ने अपेक्षा झन् नमज्जाले तुह्यो ।
लाफंगाहरुले देश र जनताको लागि सिन्को भांचेनन् । आफ्ना लागि भने दशपुस्ताले पनि नतुर्ने सम्पत्ति जोडे । नियम कानुन, विधि विधानको धज्जी उडाए, गर्न हुने पनि गरे, नहुने पनि गरे । बाँकी केही राखेनन्, तैपनि हामी मस्ती मै छौँ । यस्तो लाग्छ, हाम्रा लागि विधि विधान, नियम कानुन, धर्म संस्कार परम्पराको कुनै अर्थ नै छैन ।
वर्तमानमा चाईनिज भाइरस कोभिड-१९ को जगजगी छ । कति यथार्थ, कति मेडिकल माफियाको मिलोमतो मा चलाइएको भ्रान्ति । तर राज्यले एकलौटी ढंगले केवल आफु र आफ्ना आसेपासेको ढुकुटी भर्ने सहायकको भूमिका निर्वाह गर्यो । जसको अपेक्षा कुनैपनि गरिब शोषित जनताले गरेका थिएनन् ।
भाइरसको महामारीलाई कमाउने अवसरको रुपमा लिएपछि निरिह जनताले कसरी बाँच्ने हो, बाटो पाएका छैनन् । कसैलाई गुहार्ने ठाउँ छैन । सत्ताधारी त साँढे झैं डुक्रिंदाँ ठिक्क छ तर यस्तो अवस्थामा स्वभाविक रुपले वैकल्पिक आशा प्रतिपक्ष दलकै हुने हो तर दुखका साथ भन्नुपर्छ, छायाँ सरकार त सरकार भन्दापनि निकम्मा देखिएको छ । न खबरदारी गर्ने ल्याकत छ नत जनताका हकहितको संरक्षण सम्वर्धनमा चासो देखाएको महसुस हुन्छ ।
पटक पटक उल्लु बनाईदाँ पनि हामी चेत्ने वाला छैनौं बरु आफु उल्लु भएको वा बनाइएको स्वीर्कानुको सट्टा त्यही ठीक हो वा थियो भनेर जस्टिफाई गर्न तिर लाग्छौं । मष्तिस्कको यो अवस्था ज्यादै दयनीय अवस्था हो । गल्ती गर्नु र हुनुको अर्थ व्यक्ति चलाएमान भएको संकेत हो किनकी निस्क्रिय व्यक्तिले कुनै गल्ती गर्दैन तर पटक पटक गल्ती गर्नु वा वेवकुफ बन्नु र उल्लु बनाईनु व्यक्तिमा चेतना शुन्य हुनु हो ।
आफ्नै अकर्मन्यताले हामी स्वयं झन् झन् दुखको भुमरीमा जाकिंदै गएका छौँ । यहाँबाट उम्किने प्रयास पनि हामी स्वयंले नै गर्नुपर्ने छ । हामीलाई यो राजनीतिक आर्थिक भडखालोबाट निस्किन हामी बाहेक भगवानले नै हो सहयोग गर्ने ।
तर भगवानले पनि तिनीहरुको मात्रै सहायता गर्नुहुन्छ रे जो प्रयत्नशील छ । हामी त कानमा तेलहालेर सुतिरहेका छौं । कोही आवोस र हाम्रो सुन्दर भविश्य लेखोस् भनेर प्रतिक्षित हामीहरुलाई थाहा छैन् हाम्रो भविश्य कहिले कसले कसरी लेख्ने हो ? फ़्र्याङ्कफर्ट, जर्मनी ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार